नगरकोट—राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीको सुनसरी जिल्ला कार्य समितिद्वारा आज आयोजित बिरोध सभालाई सम्बोधन गर्न इनरुवा जाने भएका छन् ।
राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाए पछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
२०६२–६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजासहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।
सभामा सहभागी हुन अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्री राजाराम बर्तौला ,सह–महामन्त्री तेजकुमार कुरुङ्वाङलगायत नेताहरु सुनसरी जाने पार्टीले जनाएको छ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली