काठमाडौं—नव चौतर्फी बचत बचत तथा ऋण सहकारी संस्था को १३ औं वार्षिक साधारणसभा बीपी संग्रहालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षता एवं राष्टिय सहकारी महासंघका अध्यक्ष मिन राज कडेंलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मिन राज कडेंलले सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण सहकारीमा समस्या आएकाे बताए। समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरी राष्ट्रिय पुँजी निर्माणमा सहकारीले सघाउ पुर्याउन सक्ने भन्दै उनले उक्त पुँजीलाई सदस्यमाझ उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना र राष्ट्रिय उत्पादन बढ्ने बताए ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक रचन श्रेष्ठले आर्थिक मन्दी लगायत अफ्टेरो परिस्थितिलाई छिचोल्दै संस्थाले आफ्नो सन्तुलन कायम गर्दै आएको र बजारमा निक्षेपको चरम अभाव हुँदा पनि ऋण प्रवाह गर्दै आएको बताएकी छिन्।
कार्यक्रममा संस्थाका अध्यक्ष महेश कुमार श्रेष्ठले व्यक्तिले होइन विधिले चल्नुपर्छ भन्ने मुल्यमान्यता स्थापित गर्न सकेकाले अहिलेको विषम परिस्थितिलाई समेत जित्न सकेको बताएका छन्। सदस्यहरुको पूर्ण सहयोग र विश्वासका कारण वित्तीय संकटका बेलामा पनि संस्थाको गरिमालाई कायम राख्न सकेको उनको भनाई छ । सदस्यहरुलाई जन्मदेखि मृत्युसम्म संस्थाले सेवा पुर्याउने र सामाजिक क्षेत्रमा पनि विभिन्न योगदान दिँदै जाने उनले बताएका छन।
संस्थाले साधारण सभाको अवसरमा संस्थामा आबद्ध रहेका २६ जना मृत्यु भएका सदस्यको दिवंगत आत्माको चीरशन्तिको कामन् गर्दै मौन धारण समेत गरेको थियो।
संस्थाले रक्तादान कार्यक्रम सञ्चालन गरेको थियो। कुनै पनि व्यक्ति रगतको अभावले ज्यान गुमाउन नपरोस् भनी उक्ता कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव श्याम कुमार श्रेष्ठले बताएका छन।
कार्यक्रम सञ्चालक तथा संस्थाका कोष अध्यक्ष प्रदीप फुयाँल सदस्यहरुको साथ, सहयोग, माया र विश्वासले संस्थाको वित्तीय सुचांकहरुलाई थप मजबुद बनाउन संस्था सफल भएको बताए । संस्थाको वित्तीय कारोबारलाई वृद्धिभन्दा गुणात्मक विकास गरी आन्तरिक व्यवस्थाहरुलाई मजबुद बनाउँदै लागिएको बताए ।
साधारण सभाको अवसरमा विभिन्न विधामा संस्थाले उत्कृष्ट केन्द्र,उत्कृष्ट बचत कर्ता, कर्माचारी ,बाल बचतकर्ता, शेयरकर्ता, केन्द्रका अध्यक्ष, कोषाध्यक्ष, सचिवलाई पुरस्कृत र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाले मुख्य कार्यालयसहित ३ वटा सेवा केन्द्रमार्फत नै हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रमा गोकर्णेश्वर नगपालिकाको उपमियार, वाड अध्यक्ष, वडा सदस्य, नव चौतर्फी बचत तथा ऋण सहकारी संस्थाका सल्लकार लगायतका गन्यमान्य व्यक्ति विशेषहरुले संस्थाले गर्दै आएको कामको दिल खोलेर प्रशंसा गरेका थिए।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली