नगरकोट—नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिए सँगै बजारमा नयाँ—नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । एफ एम, रेडियो र टेलिभिजनमा समेत तिजका गीतहरु घन्किरहेका छन ।
कति गीतहरुले शिव भगवनको बयान गरेका छन् भने कति गीतहरुले नारिका बेदना पस्केका छन। माया प्रेममा आधरित रहेर पनि तिजका गितहरु बजारमा आएका छन्।
यसै क्रममा हरितालिका तिजको अवसर पारेर “बाँदर लड्ने भीर” बोलको मौलिक गीत बजारमा आएको छ ।
यस गीतमा चर्चित गायक राम कुमार नेपाली र गायिका शान्ति श्री परियार र मुना ठटालको सुमधुर स्वर सुन्न सकिन्छ ।
सर्जक तथा गायक अमृत भारतीको मौलिक शब्द तथा लयमा तयार भएको यस गीतको सङ्गीत संयोजन राम कुमार नेपालीले गरेका छन्।
यस गीतको म्युजिक भिडियोको परिकल्पना अमृत भारती आफैले गरेका हुन्। समाजमा घटेको वास्तविक घटनालाई भिडियोमा उतारिएको छ। विवाहित नारीले आफ्नो श्रीमान बाट पाउनु पर्ने माया नपाएको जाँड रक्सी खाएर श्रीमतीलाई दिन -दिननै पिट्ने, बिरामी पर्दा नहेर्ने जस्ता मर्म स्पर्शी पीडाका दृश्य यस भिडियोमा देखाईएको छ।
भिडियोमा शिशिर भण्डारी, रोशनी कार्की, मनोज लामिछाने, बिल बहादुर बि.क,सरिता राजोपाध्याय् , कृष्ण कुमारी र बिनिता दाहालको मुख्य भुमिका रहेको छ।
भिडियोको निर्देशन र कोरियोग्राफी शंखर बि.सीले गरेका छन् । राजेश घिमिरेको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।
यस गीतको सुटिङ काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं -१ को रमणीय स्थल गैरी गाँउ र ढाडा गाँउको विभिन्न ठाउँमा छायांकन गरिएको छ।
अमृत भारती , बिल बहादुर बि.क र नगेन्द्र खड्काको निर्माण रहेको यस गीतको भिडियोलाई अमृत भारतीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली