काठमाडौं—नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको १४ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
निगमनले पेट्रोलको मुल्य लिटरमा ५ रुपैयाँले बढाएको छ । यसअघि पट्रोलको मुल्य प्रतिलिटर १७० देखि १७३ रुपैयाँसम्म थियो । अहिले त्यो बढाएर १७५ देखि १७८ रुपैयाँसम्म पुर्याइएको हो । पहिलो, दोस्रो र तेस्रो बर्गका तेलको मुल्य फरक फरक हुन्छ ।
यस्तै, डिजेल र मट्टीटेलको मुल्य लिटरमा १४ रुपैयाँले बढाइएको छ । यसअघि यसको मुल्य प्रति लिटर १५०.५० देखि १५३ रुपैयाँसम्म थियो । अब भने प्रतिलिटर १६४.५० रुपैयाँदेखि १६७ रुपैयाँसम्ममा डिजेल र मट्टीतेल किन्न सकिने छ ।
इन्डीयन आयल निगमले आज पेट्रोलियम पदार्थको नयाँ मुल्य सुची आज पठाएको छ, जुन बढेर आएको छ । पेट्रोलको ३.८५ रुपैयाँ र डिजेल ११.२५ रुपैयाँले मुल्य बढेको छ । निगमले केही समयअघि देखि पेट्रोलियम पदार्थको मुल्यमा स्वचालित प्रणाली लागू गरेको छ । सोहीअनुसार भारतबाट आएको मुल्यको सुचीको आधारमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गरिएको छ ।
ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ। निगमले यसअघि नै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली