नगरकोट—खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आउनु परेको मण्डनदेउपुर —१ गैरी गाँउका स्थानीय दलितहरुले गुनासो गरेका छन् । यहाँ१५ घरधुरी दलीत र ९ घरधुरी तामाङ्ग बस्तीका बासिन्दाले खाने पानीको समस्या भोग्दै आएका छन्।
गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट बीस मिनेटको दुरीमा रहेको धारामा खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको छ त्यो धारामा पनि पानी सानो आउने गरेको छ पानीको लागि लाईन बस्नु पर्ने बाध्यता छ भनेर स्थानीयहरूले दुखेसो पोखेका छन्। गाउँमा खानेपानीको सुविधा नहुँदा घरको एक जनाले खानेपानीका लागि खटिनु पर्ने बाध्यता छ ।
भूकम्प गए देखि पानीको मुहान सुके त्यस पछि पानीको समस्या भोग्दै आएको स्थानीय बताउँछन्। खोल्साको पानी जम्म गरेर ल्याऊ भनि होटलहरुले मिसिन लगाएर पानी तानेका छन् भनेर स्थानीयले दुःखेसो पोखेका छन ।
निर्वाचनका बेला सबै नेताले गाउँमा खानेपानी पुर्याउने आश्वासन दिएका भए पनि पहल कतैबाट नभएको स्थानीय बासिन्दा राम बहादुर गहतराजले गुनासो गरेका छन्। उनले भने गाईभैसीका लागि समेत पानी बोकेर जोहो गर्नु पर्छ । गाउँमा खानेपानी पुर्याउँछु भन्ने कता गए थाहा नै छैन् । हाम्रो लागि त सरकार नै छैन् जस्तो छ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली