काठमाडौं—आज देशभर मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन मनाइँदै छ । नेपालमा परापुर्व काल देखी चली आएको यो परम्परा आमा-औँसी लाई आमाको मुख हेर्ने दिन भन्ने चलन पनि रहेको छ ।
जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र कृतज्ञता व्यक्त गर्दै प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन यो पर्व मनाइन्छ ।यस दिन आमाको दर्शन गरेमा सबै पाप बाट मुक्त हुने जनबिश्वास रहेको छ ।
आजका दिन छोराछोरीले आमालाई मीठामीठा परिकार बनाई खुवाउने र उपहार दिएर आशिर्वाद लिने चलन छ । विवाह गरी गएका चेली आज आमाको मुख हेर्न माइती घरमा आउँछन् ।
आमा हुनेहरुले आजका दिन मीठा–मीठा परिकार र वस्त्र आमालगायत गुरुआमा, सासू र काकीहरूलाई दिई आशीर्वाद लिन्छन् ।
घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाडा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाई आमाको महत्व धेरै हुन्छ ।
अझ भन्नुपर्दा आमा स्वर्गलोक हुनेहरुलाई भने वास्तवमै आमाको अभाव सधैभरि खट्कि रहन्छ । हाम्रो घर,परिवार र समाजमा कतिपयले आमाको मुख वा आमाको मायाको अनुभव गर्नै नपाई आमा स्वर्गवास हुनु भएको छ ।
कसैलाई आमाको अनुहार अलिअलि थाहा छ तरपनि अहिले आमाको तस्वीर हेरेर चित्त बुझाउन बाध्य हुनुपरेको छ ।
हो हरेक वर्षको बैशाख कृष्णपक्षको औंशीमा आमाको मुख हेर्ने चलन रहेको छ, आजको यस दिनलाई मातातीर्थ औंशी, मातृऔंशी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।
आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
विवाह गरेरे आफ्नो घर गएका छोरीहरु पनि आमाको मुख हेर्न टाडा टाडाबाट भेट्न आउछन् । आमालाई भेट्न नपाउनेहरुले फोनबाट वा सामाजिक सञ्जालमार्फत आमालाई सम्झिने गर्दछन् ।
पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् कष्ट र पूर्णकामहरुको सम्झना गरिन्छ ।विशेष गरि आजको कुरा गर्ने हो भने विश्वमा कोरोना भाईरस फैलिरहेको बेला सन्तानले आमालाई सम्झने र आमाले सन्तानलाई सम्झने हरुका लागि समय व्यतित गर्न गाह्रो भईरहेको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली