बाजुरा—बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं –४ मा जन्मदर्ता अभियान सुरु गरिएको छ । जन्मदर्ता नभएर पढाइ छुटेका बालबालिकालाई घरमै जन्मदर्ताको प्रमाणपत्र दिने उद्देश्यले यो जन्मदर्ता अभियान सुरु गरिएको हो ।
गुडनेवर्स इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग बूढीगङ्गा नगरपालिका –४ को समन्वय र पीसविन बाजुराको आयोजनामा यो जन्मदर्ता अभियान सुरु गरिएको पीसविन बाजुराका सामुदायिक सहजकर्ता मनिसा रावतले बताउनुभयो ।
उहाँले गाउँघरमा जन्मदर्ताको आवश्यकता बारेमा जानकारी नभएका अभिभावकलाई जन्मदर्ताको बारेमा अवगत गर्दै जन्मदर्ता नभएका बालबालिकाहरुको घरमै पुगेर जन्मदर्ताको प्रमाणपत्र दिने गरी बूढीगङ्गा नगरपालिका वडा नं –४ को वडा कार्यालयसँगको समन्वयमा गुडनेर्वस आर्थिक सहयोग र पीसविन बाजुराको आयोजनामा यो अभियान सुरु गरिएको बताउनुभयो ।
बूढीगङ्गा नगरपालिका ४ की स्थानीय गोमती रावतले आफू रोजागारीका लागि लामो समयसम्म भारतमा बस्दै आएकाले छोरा छोरीको जन्मदर्ता गर्न नपाएको बताउनुभयो ।उहाँले जन्मदर्ता नभएकै कारण छोराछोरीले विद्यालयमा भर्ना हुन पाएका थिएन ।
यतिबेलामा विद्यालय भर्नाकै समयमा अभियानले घरमै आएर जन्मदर्ता गरिदिएपछि यो वर्षदेखि छोराछोरीले विद्यालयमा पढ्न पाउने हुँदा आफूलाई निकै खुसी लागेको बताउनुभयो ।
जन्मदर्ताको आवश्यकताको बारेमा जानकारी नपाएका दुर्गम गाउँ बस्तीका अभिभावकहरुलाई गुड नेवर्स इन्टरनेशनल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत गोविन्दकुमार चौधरीले जन्मदर्ताको आवश्यकता र महत्वका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
इन्टरनेश्नल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत गोविन्द कुमार चौधरीले जन्म दर्ताको प्रमाण पत्र नभएकै कारण अहिले बाजुराका अधिकांश बालबालिकाहरुको पढाइ तथा कयौं किशोर किशोरीहरु नागरिकता पाउन वञ्चित हुँदै आएको बताउनुभयो ।
दुर्गम गाउँ बस्तीका कुनै पनि बालबालिकाहरुले जन्मदर्ताको प्रमाणपत्र नपाएर पढाइ गर्न वञ्चित नहुने गरी अहिले यो अभियान सुरु गरिएको इन्टरनेशनल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत चौधरीले बताउनुभयो ।
बूढीगङ्गा नगरपालिकाको वडा नं –४ मा सुरु गरिएको जन्मदर्ता अभियान कार्यक्रमबाट बानेगाउँका १६ जनाले जन्मदर्ताको प्रमाण पत्र प्राप्त गरेको वडापालिकाले जनाएको छ ।
आर्थिक समस्या, जनचेतनाको अभाव तथा रोजगारीका लागि भारतमा बसेका र अहिले गाउँ आएर पनि जन्म दर्ता नबनाएका बाँनेगाउँका १६ बालबालिकाले जन्म दर्ताको प्रमाण पत्र बनाएको बूढीगङ्गा नगरपालिका वडा नं –४ का वडा सचिव श्याम खत्रीले बताउनुभयो ।
उहाँले यो अभियानमा जनप्रतिनिधि, अभिभावक, वडा, पालिकाका र पीसविन बाजुराका कर्मचारीको उपस्थिति रहेको बताउनुभयो ।
यो खबर गोरखापत्र अनलाइन बाट साभार
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली