सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ को तारेभीर नजिकै टिप्परले च्यापिएर एक जनाको मृत्यु भएको छ । बाँगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको टिप्पर पल्टीदा चालकको मृत्यु भएको हो ।
भे १ ख २२०५ नम्बराको टिप्पर सडक किनारामा पल्टीदा वीरेन्द्रनगर–२ टेम्पोपार्क बस्ने चालक २२ वर्षीय उमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ढुंगा झार्ने क्रममा टिप्पर अनियन्त्रित हुँदा चालक उमेश च्पापिएको प्रहरीको भनाई छ । आइतबार विहान १० बजेतिर घटना भएको र चालक च्यापिएको अवस्थामा छन् । शव निकाल्न क्रेन घटनास्थलमा पुगेपनि टिप्पर उठान नसकिएको प्रहरीले जनाएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली