खोटाङ—खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन गरिएको छ । केपिलासगढी गाउँपालिका–१ फेदी र टेम्के मैयुङ गाउँपालिका–१ तिम्मा जोड्ने ‘फेदी–धोद्रे–भोजपुर सडक’ उद्घाटन गरिएको हो । फेदीबाट धोद्रे–भोजपुर हुँदै पूर्वी तराई जोड्ने छोटो दुरीको सडक सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको कार्यकालमा फेदीबाट लामोचौंरसम्म र भोजपुरतर्फबाट धोद्रेको भालु खोलासम्म सडक बनिसकेको अवस्थामा केपिलासगढी गाउँपालिकाले साँढे १० लाख बजेट खर्च गरेर बीचको बाँकी डेढ किलोमिटर खण्ड खनेर सडकलाई जोडिएको हो ।
उपभोक्ता समितिमार्फत सडक जोड्ने काम पुरा गरिएको हो । भोजपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको सडक बनेसँगै स्थानीय हर्षित भएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए । यस सडकले अन्तर जिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
फेदीबाट भोजपुर जोड्ने सडक सञ्जाल विस्तार भएपछि केपिलासगढी गाउँपालिकाका स्थानीयलाई पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडकभन्दा छिटो र छोटो वाटो खुलेको छ । ‘फेदी–धोद्रे–भोजपुर सडक’मार्फत झण्डै दुई घण्टामा भोजपुर पुग्न सकिने वातावरण बनेको गाउँपालिका अध्यक्ष राईले बताए ।
सडक उद्घाटन कार्यक्रममा खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राई, सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राई, बासपानीका वडाध्यक्ष तुलाराम राई, वडा सदस्य, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली