महोत्तरी—१७ लाख भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान दशगजाक्षेत्रबाट मटिहानी नगरपालिका-८ का २९ वर्षीय महेश यादवलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यादवले चलाउँदै आएको ज६प ६६६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ट्याङ्कीभित्र लुकाइ छिपाइ ल्याइरहेको अवैध रकमसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यादवको साथबाट भारतीय नोट ५०० सयको ३४ सय थान (३४ बन्डल) १७ लाख भारतीय नोट (नेपाली रुपैयाँ २७ लाख २० हजार) बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी सन्तोष पोखरेलले बताए।
पक्राउ परेका यादवलाई विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने डिएसपी पोखरेलले जानकारी दिए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली