बारा—भारत बिहारको बैरगनियाँ स्टेशनमा नेपालीमाथि दुर्व्यवहार र हातपात भएको छ । बैरगनिया स्टेशनमा एक भारतीय युवकले एक नेपालीलाई दुर्व्यवहार गर्दै हातपात गरेका हुन् ।
भारत बिहारको बैरगनिया स्टेशनमा रेलको डब्बाको ढोका चाँडै नखोलेको भन्दै अपरिचित भारतीय युवकले बाराका एक जना कावरियामाथि कुटपिट गरेका हुन् । अपशब्द प्रयोग गर्दै ती व्यक्तिले झ्याल बाहिरबाट प्रहार गरेको लाठी लागेर बाराकाे उत्तरझिटकैयाका भान्साका कावरिया जयप्रकाश मण्डल घाइते भएको कावर टोलीमा सहभागी किसुन पटेलले जानकारी दिए ।
आक्रमणबाट कावरिया मण्डलको बायाँ हातको कान्छी औँला काटिएको उनले बताए । लाठी प्रहार गर्ने युवकलाई पक्राउ गर्न बिहार प्रहरी मुकदर्शक बनेपछि उनी फरार बनेको पीडित कावरिया मण्डलले गुनासो गरे ।
भारतको तीर्थ यात्रामा बाराबाट निस्केका नेपाली कारवरियामाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान गरेर कानुनी कारबाही गर्न कावरियाहरुले भारतीय सुरक्षा अधिकारीसँग आग्रह गरेका छन् । उनीहरुले रेल यात्राको क्रममा यसअघि पनि नेपालीमाथि पटक पटक भारतीयहरुले दुव्र्यवहार गर्ने गरेको दुखेसो पोखेका छन् ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली