काठमाडौं—नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो पठाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरे अनुसार राहात सामग्री आज पठाएको हो ।
यसअघि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्र मन्त्री विमला राई पौड्यालले टर्कीका समकक्षी एच ई मिस्टरसँग टेलिफोन वार्ता गरेर नेपाल सरकारको तर्फवाट दु:ख ब्यक्त गरेकी थिइन ।
मन्त्रालयका अनुसार टर्कीको बिनाशकारी भुकम्पमा अमूल्य जीवन गुमाउने र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै परराष्ट्र मन्त्री राईले टर्कीका जनतासँग ऐक्यबद्धताका लागि सबै सम्भव सहयोग गर्न नेपाल तयार रहेको जनाएकी थिइन ।
परराष्ट्र मन्त्रालयले राहत सामग्री ढुवानी गर्नेका लागि सहयोग गर्ने तथा उदार सहयोगी सम्बन्धित सबै सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सलाई हार्दिक धन्यवाद दिएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली