काठमाडौं—बागमती प्रदेश सभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । सोमबार अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवश माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघ २६ गते बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्यसूची रहेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ५ समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली लिएर सोमवारै बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र साँझसम्ममा दोस्रो सर्वदलीय बैठक बस्न समयको अभावले गर्दा प्रदेश सभाको सोमवारको पूर्ण बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली