• मुख्य समाचार
  • प्रदेश
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ७, आईतबार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • खेलकुद
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ

५ दिन अघि
२

आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।

६ दिन अघि
३

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

१ महिना अघि
४

पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।

१ महिना अघि
५

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

१ महिना अघि
६

दलितले बनाउदै गरेको घर भत्काउदै , लगाएको बालीनाली समेत उखेलीयो

१ महिना अघि
७

राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ

१ महिना अघि
८

दलितले छोरी भगाएको भन्दै केटाको परिवामाथी हमला , आमाको अपहरण

३ महिना अघि
९

राजेश स्पन्दनका हाइकुहरु

४ महिना अघि
१०

राजेश स्पन्दनको”गजल”

४ महिना अघि
११

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ महिना अघि
१२

प्रधानमन्त्री प्रचण्डद्धारा रविलाई फकाउँदै

४ महिना अघि

धेरै पढिएका

१

सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

१ महिना अघि
२

काभ्रेको मण्डनदेउपुर नगरपलिका–१ चट्याङ लागेर एक युवक गम्भिर घाईते

५ महिना अघि
३

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता

१ महिना अघि
४

राजेश स्पन्दनको”गजल”

४ महिना अघि
५

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

५ महिना अघि
६

काभ्रेको मण्डनदेउपुर नगरपालीका–१ मा खानेपानीको अभाव

४ महिना अघि
७

टिपरले च्यापिएर चालकको मृत्युु

६ महिना अघि
८

रवि लामिछाने भारि मतान्तरसहित बिजयी

५ महिना अघि
९

एक युवकले दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ महिना अघि
१०

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

८ महिना अघि
११

राजेश स्पन्दनका हाइकुहरु

४ महिना अघि
१२

प्रियालाई “प्रेमदिवसको” शुभकामना

७ महिना अघि
शिलशिलाप्रकाशित मिति: २०७९ माघ २२, आईतबार (७ महिना अघि)
६९ पटक पढिएको

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

काठमाडौं—रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जानकारी दिए ।

 

सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ । रास्वपासहितको समर्थनमा गत १० पुसमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको थियो । प्रचण्ड नेतृत्वको सरकार गठनमा अहम्भूमिका निर्वाह गरेको रास्वपा अन्ततः सरकारबाट बाहिरिएको हो ।

 

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएसँगै लामिछाने सांसद, उपप्रधान तथा गृहमन्त्रीसहितका पद गुमाएका थिए । १३ माघमा सर्वाेच्च अदालतको संवैधानिक इजलासले उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा बुझाएको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको हो ।

 

यसको दुई दिनपछि १५ माघमा अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । यसपछि सोही दिन प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई उपप्रधान तथा गृहमन्त्रीको शपथ खुवाउन आग्रह गरेका थिए ।

 

तर, प्रधानमन्त्री प्रचण्डले लामिछानेको राहदानी पनि विवादमा परेको र नागरिकतालाई अवैध ठहर गरेको अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल कसैलाई पनि गृहमन्त्री नबनाउने अडान कायम राखे । जस कारण आइतबार रास्वपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

सभापति लामिछानेलाई गृहमन्त्री नबनाएपछि रास्वपा सरकारबाट बाहिरिने अवस्थामा आएको हो । तर, सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।

 

पत्रकार सम्मेलनमा सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । सरकारलाई दिएको समर्थन कायम राख्ने रास्वपाको निर्णयलाई प्रचण्ड सरकारलाई सुरक्षित राखेको छ ।

 

सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले यदी समर्थन फिर्ता लिएको भए प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो । तर, रास्वपाले समर्थन कायम राखेकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने लिनुपर्ने अवस्था भने आएन ।

 

नेपालको संविधान धारा १००को उपधारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । जस कारण रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै बाहिरिँदा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने देखिँदैन ।

 

रास्वपाबाट सरकारमा सहभागीहरुले आइतबार नै मन्त्रीबाट राजीनामा दिने तयारीमा छन् ।

  • रवि लामिछाने
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ५ दिन अघि

    आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ

  • ६ दिन अघि

    आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।

  • १ महिना अघि

    सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)

  • १ महिना अघि

    पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।

  • समाचार
  • १

    आज गणेश चतुर्थी पर्व मनाइँदै, चौथी पनि आजै खेलिन्छ
    ५ दिन अघि

  • २

    आज हरितालिका तीज, नाचगान र पूजा उपासना गरेर मनाईंदै ।
    ६ दिन अघि

  • ३

    सर्जक तथा गायक अमृत भारतीको तीज गीत ” बाँदर लड्ने भीर” सार्वजनिक (भिडिओ)
    १ महिना अघि

  • ४

    पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो ।
    १ महिना अघि

  • ५

    बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी दर्ता
    १ महिना अघि

  • ६

    दलितले बनाउदै गरेको घर भत्काउदै , लगाएको बालीनाली समेत उखेलीयो
    १ महिना अघि

  • ७

    राजेश स्पन्दनको कविता- म दमाइ जात हुँ
    १ महिना अघि

  • ८

    दलितले छोरी भगाएको भन्दै केटाको परिवामाथी हमला , आमाको अपहरण
    ३ महिना अघि

  • ९

    राजेश स्पन्दनका हाइकुहरु
    ४ महिना अघि

  • १०

    राजेश स्पन्दनको”गजल”
    ४ महिना अघि

  • सामाजिक सञ्जालबाट

    गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित

    शिलशिला डट कम

    मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे

    : [email protected]

    +977-9849655367, 9803867325

    सूचना विभाग दर्ता नम्बर: ३१५९

    प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२

    www.shilshila.com

    हाम्रो टीम

    अध्यक्ष/ प्रकाशक:
    अजय गतराज 9849655367

    प्रधान सम्पादक:-
    बिल बहादुर बि. क. 9841114060

    संवाददाताहरु:
    उज्ज्वल गहतराज
    वाङछु राज वाईवा

    बिशेष सहयोगी:
    कमल तामाङ

    बजार व्यवस्थापक:
    दुर्गा बहादुर बराईली

    कानूनी सल्लाहकार:
    पूर्ण प्रसाद पराजुली

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रदेश
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा

    Facebook

    © २०७७ शिलशिला मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution