जाजरकोट—भेरी नगरपालिका-६ की भद्रकला कामीले लाठी प्रहार गरेर पाँच वर्षअघि श्रीमान् ४७ वर्षीय काले कामीको हत्या गरेको पुष्टि भएको छ ।
२०७४ पुस ३० गते सिस्नेकी भद्रकला कामीले लाठीले हान्दा उनका श्रीमान्को मृत्यु भएको प्रहरीले जनाएको छ ।
भद्रकला र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयको सेफ्टि ट्यांकीमा पुरिदिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शव शौचालयमा पुरिएको अवस्थामा भेटाएको जाजकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले बताए । उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा शव भेटिएको थियो ।
कालेको पुरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कंकाल फेला परेको छ ।
भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली