काठमाडौं—राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराव घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन् ।
लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासवाट तत्कालिन सभामुख कृष्णबहादुर महरा ‘हटनु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । यौन दुब्र्यब्यबहारको आरोपमा महरा हटे पछि लामो समयसम्म रिक्त रहेको सो भवनमा तिमिल्सिना सरेका थिए ।
तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासवाट तिमिल्सिना नहटे पछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो । तर, अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गा¥हो भईरहेको छ ।
‘पुरानो सभामुख निवासवाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौं,’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्धपी, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली