काठमाडाैं—नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेकाे छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो।
बुधबार भने तोलामा १०० रुपैयाँले घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेर सुनकाे मूल्यले नयाँ रेकर्ड राखेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली