भैरहवा—रुपन्देही जिल्लास्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको कार्यक्रममा सियारी-७ अमुवाका सुजन पौडेल प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका छन् । सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुँदै प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका हुन् । प्रतियोगितामा सियारी- ३ का निरङकर भुज द्वितीय भए भने सियारी ५ का सञ्जय मुराउ तृत्तीय भए ।
कार्यक्रममा सहभागिताका लागि रुपन्देहीका सबै स्थानीय पालिका, क्याम्पस, स्कुल तथा १६ देखि ४० बर्ष उमेर समुहका युवायुवतीले भाग लिन सक्ने गरी सियारी गाउँपालिकाले सूचना जारी गरी युवाहरुको नयाँ नयाँ प्रतिभाको खोजी गरेको थियो । युवाहरुको प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सियारी, शुद्धोधन र बुटवलका ७ जना युवा, युवतीले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका युवायुवतीले आफूले तयार गरेको नवप्रवर्तनात्मक विचार, प्रविधिको प्रदर्शनी तथा प्रस्तुतीकरण गरेका थिए ।
प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका प्रतियोगिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । सियारीमा भएको युवा प्रतिभाहरुको खोजी कार्यक्रमले युवायुवतिको प्रतिभाले सियारीको विकासमा थप टेवा पुर्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सियारी भित्रका युवाहरूले आविस्कार गरेका प्रविधिको विकास, विस्तार र प्रचार प्रसारमा पालिकाले हालेमालो गर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले युवाहरुलाई प्रतिभावान बन्न आग्रह गर्दै प्रतिभा भएका व्यक्ति अवसरबाट बञ्चित हुन नपर्ने बताए । उनले सियारीले आयोजना गरेको उक्त कार्यक्रमले युवाहरुको प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली