काठमाडौं—राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ । संघले आज जारी गरेको सर्कुलरअनुसार संघको नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन भएको छ ।
यस्तै, आगामी फागुनमसान्तभित्र अनिवार्य रुपमा सम्पूर्ण मातहत कमिटी (वडा, पालिका र जिल्लां) को अधिवेशन सम्पन्न गर्ने पनि भएको जनाइएको छ । २ माघमा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले मातहत कमिटी अधिवेशनलाई भव्य, प्रभावकारी तथा परिणाममूखी बनाउनका निम्ति वैधानिक व्यवस्थाका अलावा साउन ०७९ मा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकबाट परित मातहत कमिटी अधिवेशन निर्देशिका तथा कार्यविधि लाई विशेष आधार बनाउनुपर्ने निर्णय समेत गरेको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली