काठमाडौं—नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहिबार यसको खरिददर १३० रुपैयाँ १९ पैसा र बिक्रीदर १३० रुपैयाँ ७९ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसाले कारोबार भएको थियो ।
आज युरो खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ पैसामा भएको थियो ।
अष्ट्रेलियन डलर को खरिदमूल्य ८९ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २८ पैसामा कारोबार भैरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।
कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ रहेको छ ।
साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४४ पैसा र बिक्रीमा १० रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ९८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली