बुटवल—लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकता मुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् ।
बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कर्याक्रममा शपथ लिएका हुन् ।
मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरुबीच भागवण्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउनेछन् ।
मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन शपथ खुवाउन आज बिहानै देउखुरी हिँडेका थिए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली