लमजुङ—विपन्न समुदायलाई लक्षित गरी गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच पुर्याउने उदेश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रममा लमजुङमा २८ हजारभन्दा बढीले स्वास्थ् बीमा गरेका छन् ।
लमजुङमा २०७७ माघ महिनादेखि शुरु भएको उक्त कार्यक्रमअन्र्तगत हालसम्म जिल्लाका १२ हजार ६ सय ३५ परिवारका २८ हजार ४ सय ५८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समिति मार्फत स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।
जिल्लामा स्वास्थ्य बीमामा आवद्धमध्ये विमा शुल्क शतप्रतिशत वुझाउने ५ हजार १ सय ३४ परिवार रहेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी बविता गुरुङले वताइन । उनका अनुसार स्वास्थ्य बीमामा आवद्ध मध्ये जेष्ठ नागरिक ६ हजार ८ सय २६ जना, महिला स्वास्थ्य स्वयम् सेविका २ सय ९३ जना, रातो कार्ड प्राप्त (क) वर्गका पूर्ण अशक्त अपांगता भएका ३ सय १६ जना रहेका छन् । यसैगरी एचआईभी संक्रमित ८८ रहेका छन् भने सो वाहेक कुष्ठरोग देखिएका एक जना रहेका छन् ।
सुरुको वर्षमा भन्दा पछिल्लो समय स्वास्थ्य विमामा जिल्लाका नागरिकको सहभागिता क्रमिक रुपमा बढ्दै गएको जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख दर्ता अधिकारी अनुपमा रेग्मीले बताए ।
यसैबीच प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्र्तगत करिव एक हजार परिवार स्वास्थ्य बीमामा आवद्ध भएका जिल्लास्थित स्वास्थ्य विमा बोर्डले जनाएको छ । लक्षित वर्गातर्फ (ख) वर्गका अति अशक्त अपाङ्ग परिवार, सहिद, द्वन्द्वपीडित, वेपत्ता परिवार र मिर्गौला पीडित परिवार रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमका लागि जिल्लामा ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङ प्रमुख रेग्मीले बताए ।
स्वास्थ्य विमामा आवद्ध हुनको लागी ५ जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३ हजार ५ सय र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपियाँ थप शुल्क तिर्नुपर्नेछ । बीमामा आवद्ध भएका पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म निःशुल्क स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था रहेको छ । पाँचभन्दा वढि सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क निःशुल्क हुने व्यवस्था छ ।
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारल सूचीकृत अस्पताल, स्वास्थ्य सस्थाबाट एक हजार १ सय १८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली