जुम्ला—तिला गाउँपालिका–६ की कुन्ती रावतको कुनै सिप सिकेर आत्मानिर्भर बन्ने सपना देखेकी थिइन् । तर, सिप सिकाउने मान्छेको अत्तोपत्तो थिएन । ‘त माग म पुर्याउँछ’ भने झै उनको सपना तिला गाउँपालिका, उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय र किडार्क नेपालले पुरा गरिदिएका छन् । हालसालै दुई महिने ढाका कपडा बुनाइ तालिम पाएपछि उनी निकै खुसी भएकी छिन् ।
उनले दुई तालिमले मात्रै दक्ष हुन नसकिएपछि फेरी एक महिने पुनर्ताजकी तालिम लिएको बताइन् । तीन महिने तालिमपछि ढाकाका सौउल बुन्न सिकेको उनले बताइन् ।
गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि महिलापछि महिलमा आत्मनिर्भर बन्ने जोस पलाएको बताए । उनले भने, ‘गाउँपालिका हरेक महिला उद्यमी बन्न जरुरी छ ।’ जबसम्म महिला आत्मनिर्भर हुदैनन् तबसम्म समृद्ध गाउँपालिका नहुने उनले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले परम्परागत शैलीमा रहेर महिलाको दैनिकी नफेरिने बताइन् । उनले भनिन्, ‘जुम्लाका हरेक महिलाले आफ्नो खुट्टामा उभिनु पर्छ । अनि मात्रै महिला हिंसा रोकिन्छ । जागिरे जीवन त निश्चित अवधिको लागि हो । सिप नै जीवन जिउने आधार हो ।’
आज आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले तिलाका २० जना महिलालाई ढाका बुनाईसम्बन्धी तालिममा बोलाएको बताइन् । तर तालिममा १४ जना मात्रै सहभागी भएको उनको भनाइ छ ।
उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्णा देवकोटाले तिला गाउँपालिकाका महिलालाई उद्यमशिल बनाउने उदेश्यले तालिमलाई सञ्चालन गरेको बताए ।
तिलाका महिलाले सिकेको सीपलाई उद्योगमार्फत आयआर्जनमा रुपान्तरण गर्न सक्ने वातावरण बनाउन अनुरोध गरेका छन् । ढाका बुनाइ तालिमका प्रशिक्षक पुष्पा रेस्मी मगरले कमजोर आर्थिक अवस्था नै महिलाको प्रगतिको बाधक भएको बताइन् । उनले भनिन्, ‘सिप सानो र ठुुलो हँुदैन । सुरुवात गर्नुहोस् ।’ ढाँकाबाट चोलो, साडी, खादा बनाउन सिकाइएको छ ।
तालिममा सहभागी मन्नु बुढाले ढाकामा सल बनाउन सिकेको बताइन । उनले यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाइन् ।
वल्र्ड भिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, तिला गाउँपालिका जुम्लाको आयोजना र किर्डाक नेपालको साझेदारीमा ढाका बुनाइसम्बन्धी सिप दिएको हो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली