काठमाडौँ—कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।
कोपा अमेरिकामा अर्जेन्टिना, क्यानडा, उरुग्वे र कोलम्बिया सेमिफाइनलमा पुगेका छन् ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने क्यानडाले भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै कोलोम्बियाले पानामालाई क्वाटरफाइनलमा ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
अब सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलोम्बिया खेल्दै छन् ।
पहिलो सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच बुधबार बिहान हुदै छ भने दोस्रो सेमिफाइनल खेल विहिबार बिहान उरुग्वे र कोलोम्बियाबीच हुदै छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली