काबुल—पश्चिमी अफगानिस्तानमा फेरी गएको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ ।
केही दिन अघि यस क्षेत्रमा गएका दुईवटा ठूला भूकम्पका कारण १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षणले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । तेस्रो पटक गएको यो भुकम्प चार माइलको गहिराईमा थियो।
स्थानीय स्वास्थ्य अधिकारीहरुका अनुसार कम्तिमा एक जनाको मृत्यु भएको छ । अन्य १०० जनाको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसअघिका भूकम्पमा ज्यान गुमाउनेमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको राष्ट्रसंघको बाल निकाय युनिसेफले जनाएको छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली