सुर्खेत—तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सल्यानको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ काँस्य पदक गरी २७ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड उचालेको हो ।
त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ काँस्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ काँस्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ। ६ स्वर्ण, ४ रजत १० काँस्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ काँस्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० काँस्य, त्रिवेणी गाउँपालिकाले ४ काँस्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ काँस्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ काँस्य र कालिमाटी गाउँपालिकाले १ रजत र १ काँस्य हात पार्न सफल भएका छन् ।
फागुन १५ देखि १८ गतेसम्म सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित प्रतियोगितामा छात्र र छात्रातर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्शलआर्टका खेलमा जिल्लाका १० वटा पालिकाका खेलाडी सहभागी थिए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली