मुगु—मुगुको मुगुमकार्मारोङ्ग गाउपालिका–८ स्थित मांग्री स्वास्थ्य चौकीले जीर्ण भवनबाट आफ्नो सेवा दिइरहेको छ । जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई समस्या भएको छ । एक तले रहेको भवनभित्रका भौतिक संरचना, पर्खाल, भुईंमा हालिएका काठहरु पनि कुहिएका र केही उप्किएका छन् ।
भवन बाहिरतिरका पर्खाल, झ्यालहरु भत्किनुका साथै प्वाल परेका छन् । पानी पर्दा छतबाट पानी चुहिँदा र सर्प जस्ता विषालु जीवहरु भित्र छिर्दा उपचारमा समस्या उत्पन्न हुने स्टाफ नर्स तारा विकले बताइन् । नाजुक अवस्था रहेको स्वास्थ्य चौकीको भवनको पुनर्निमाण गर्न उनले आग्रह गरिन् ।
मुगुमकार्मारोङ्ग गाउँपालिकाको सबैभन्दा पुरानो र जनसंख्या बढी भएकाले सेवा लिनेको संख्या धेरै हुने भए पनि भवनको हालत भने नाजुक रहेको उनको गुनासो छ । जीर्ण भवनमात्र होइन औषधि पनि अभाव रहेको स्टाफ नर्स तारा विकले जानकारी दिइन् ।
मुगुमकार्मारोङ्ग गाउँपालिका अनुसार साविकका पाँचवटा स्वास्थ्य चौकी छन् । त्योसँगै पालिकामा आधारभूत स्वास्थ्य संस्थाहरु मह, चिमाथ र छायल गरी सबै वडाहरुमा स्वास्थ्य संस्था पुगेका छन् ।
बजेट अभावले जीर्ण रहेका स्वास्थ्य चौकीको भवन पुनर्निर्माण गर्न र नयाँ बनाउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले बताए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली