मुगु—हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै यातायात व्यवसायीलाई सास्ति भएको छ ।
यही माघ १० गते भएको भारी हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध भएको हो । कर्णाली राजमार्गअन्तर्गत रहेको सो सडक अवरुद्ध भएको आज दुई दिन भएको छ ।
सो सडकको जुम्लादेखि मुगुको घुच्ची पिनासम्म सडकमा झन्डै दुई फिट भन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । मुगु र जुम्ला जोड्ने सीमा क्षेत्र बुलेबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेको छ ।
घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना देखिएको छैन । सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पहिले जस्तो हिउँ जमेको छैन । दुई चार दिनमै घाम लाग्यो भने सडक सुचारुमा आउने उनको भनाइ छ ।
जुम्ला हुँदै मुगु राराताल आउने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा कार्वा बुलबुले जोड्ने सडक पनि अवरुद्ध भएको छ ।
उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । माघ १० गते परेको हिमपातले मुगु लगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भएको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली