सप्तरी—तिलाठी कोइलाडी गाउँपालिका-४ का १० वर्षीय सकलदेव सदा चिसाेले ज्यान गुमाएका ४५ वर्षीय बाबु देबु सदाको किरियामा बसेका छन् । देबुकाे पाँच दिनअघि राति सुतेकै बेला कठ्याग्रिएर मृत्यु भएको थियोे ।
६ वर्षअघि उनकी आमाकाे पनि कठ्याग्रिएर ज्यान गएकाे थियाे । उनले भने, ´विपन्ता र चिसोले मलाई अनाथ बनायो । दुई छाक टार्नुभन्दा पनि अहिले बाबुको काजकिरिया कसरी उकास्ने भनेने चिन्ता छ।’
उनलाई सहयोग गर्नेहरू पनि अग्रसर भएका छन् । देबु सदाको परिवारलाई गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले राहत सामग्री हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाई किलो खाने तेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् व्यस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।
उक्त अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, कांग्रेसका नेता शम्भूलाल देवसहितको सहभागिता रहेको थियो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली