बुटवल—गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार मध्यान्ह १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन–ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो ।
जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, क्षेत्र नं. २ का सांसद गोकर्ण विष्ट, रामकुमारी झांक्री लगायतका यात्रु थिए ।
जहाज हेर्न विमानस्थलमा ठूलो भीड लागेको छ । लामो समयको प्रतिक्षापछि रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि गुल्मीबासी खुसी भएका छन् ।
यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गरिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द भएको उल्लेख गरेका छन् ।
रेसुङ्गा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा छ । रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको जहाज मात्र जान सक्छ ।
तारा एयरले शुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्ने भएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली