काठमाडौं—साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दाेहाेराे अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिहीबार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो ।
बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो ।
बिहिबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
बिहीबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । जसमा, चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, द्यौलागिरि लघुवित्त, खप्तड लघुवित्त, श्रीजनशील लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त, किसान लघुवित्त , नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड, धाैलागिरि लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन उर्जा, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यस्तै, कुल १४७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६२ कम्पनीमा ओरालो लागेको छ । ४ कम्पनी भने स्थिर रहेको छ ।
बिहीबार १३ उपसूचकहरू मध्ये बैंकिङ र अन्य इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली छाएको छ
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली