२०७९ श्रावण २४, मंगलबार
काठमाडौँ- राती १२ बजे देखि लागू हुनेगरी सरकारले इन्धनको भाउ घटाएको छ । सत्ता गठनबन्धनको बैठकपछि सरकारले कर कटौती गरेर मूल्य घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मलेन गरी इन्धनको करमा कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताए ।
मन्त्री बडूले पेट्रोलको मूल्य २० रुपैयाँको दरले घटाएको हो भने डिजेल र मट्टितेलको मूल्य २९ रुपैयाँको दरले घटाएको हो | आज राति १२ बजेपछि आइतबारबाट अब पेट्रोलको मूल्य प्रतिलिटर रु. १७९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु. १६३ कायम गरिने बताइएको छ ।सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली