२०७९ अषाढ २०, सोमबार
काठमडौं– सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले काठमाडौंकाे राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने घोषणा गरेका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए ।
आज मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू कुनै पनि पुराना दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरेका छन।
त्यसै गरी पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको अवधारणा राख्ने, ‘राइट टु रिकल, राइट टु रिजेक्ट’को व्यवस्था हुने लामिछानेले बताए ।
साथै डिजिटल डेमोक्रेसीको अभ्यास गर्ने, परिवारवादलाई पूर्णरुपमा निषेध गर्ने, भातृ संगठन र कार्यकर्तारहित पार्टी हुने तथा उद्योगी व्यापारीबाट कहिल्यै चन्दा नलिने लामिछानेले उद्घोष गरेका छन् ।पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।
उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली