२०७९ अषाढ २०, सोमबार
काठमाडौं– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ की शिक्षिका राधिका आचार्य विद्यालयमा पढाउन स्कुटरमा जाँदै गर्दा लडेर ज्यान गएको छ।
तादी गाउँपालिका–४ को सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीया आचार्य चढेको स्कुटर भीरबाट खसेको थियो। भीरबाट खसेपछि स्कुटरसहित उनलाई खोलाले बगाएको थियो।
उनी बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् स्कुटर अनियन्त्रित भएर दुर्घटनाभएपछि खोलाले बगाउँदा आचार्यको ज्यान गएको हो । । उनको घर दुप्चेश्वर गाउँपालिका–६मा पर्छ ।
घटनास्थलभन्दा पाँच सय मिटर तलबाट उनको उद्धार गरे बचाउन नसकिएको प्रहरीले जनाएको छ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली