२०७९ अषाढ २०, सोमबार
काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले आगामी संसदीय चुनावमा उम्मेदवारी दिनको लागि ग्यालेक्सी टिभी छोडेका छन् ।
उनले आफ्नो फेसबुकमा एक भिडियो राख्दै भनेका छन्, म रहरले सञ्चारकर्मी भएको हुँ। तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो।
लामिछाने काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने टुंगो लागिसकेको छैन। उनले काठमाडौं–३ रोज्ने सम्भावना प्रवल रहेको उनी निकटस्थहरुले बताएका छन्।
आफू राजनीतिमा नयाँ पुस्ता बन्न चाहेको उल्लेख गर्दै यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमाबाट जानकारी गराउने बताए। उनले कार्यक्रममा आउनलाई सबैलाई आग्रह गरेका छन भने आउनेहरूलाई खाना, खाजा, बाइकमा पेट्राेल पानी पर्दा छताको सुविधा दिन नसक्ने बताएका छन् ।
लामिछाने बिहीबार ग्यालेक्सी टिभीबाट बिदा भएका छन्। टिभीका अध्यक्ष जीवी राईलगायतले लामिछानेलाई खादा लगाएर बिदा गरेका छन्।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली