२०७९ अषाढ २०, सोमबार
काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो ।
स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो ।
‘१ असारबाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको छ अब जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गर्दै छ,’ आयोगका एक जना निर्वाचन आयुक्तले राजधानीसँग भने ।
आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पनि आयोगले स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको जानकारी दिए ।
यसरी दर्ता गरिएको नामावलीलाई भने आयोगले आफ्नो प्रणालीमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेकै जिल्लामा पठाउने अर्यालको भनाइ छ ।
आयोगले ७७ वटै जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्नेछ । त्यसका लागि आफ्नो नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।
यसअघि आयोगले जिल्ला प्रशासन कार्यालयबाट र तोकिएका इलाका प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता गर्दै आएकोमा सो’boutमा भने कसरी जाने निर्णय गरिसकेको छैन ।
आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी नामावली दर्ता खुला गर्ने भएको हो । आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ ।
आयोगले सरकारबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मिति तोकिएपछि भने नामावलीमा नाम दर्ता गर्नेछैन । कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारबाट मिति तोकिए सम्भवतः तीनदेखि चार सातासम्म नामावली दर्ता खुला रहन सक्छ ।
नामावली दर्ता रोकिएपछि आयोगले नयाँ दर्ता भएका नामउपर छानबिन गर्नेसहितका कार्यक्रम तय गर्नेछ । आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।
आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली