२०७९ अषाढ २०, सोमबार
काठमाडौं– शहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आज सम्पन्न खेलमा महावीर क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा ऊ स्पोर्ट्स एकेडेमी साँगाविरुद्ध २–१ ले विजयी भएको हो ।
महावीरको जितमा सुरज थारू र रोमन तामाङले १–१ गोल गरे भने साँगाका लागि समन श्रेष्ठले १ गोल फर्काए । सुरुवाती अग्रता जोगाउन नसक्दा साँगा स्तब्ध बन्न पुग्यो । खेलको २८ औं मिनेटमा सजनले गोल गर्दै साँगालाई सुरुवाती अग्रता दिलाएका थिए ।
५५ औं मिनेटमा सुरजले पेनाल्टीमार्फत गोल गर्दै महावीरलाई १/१ को बराबरीमा ल्याए । ९० औं मिनेटमा रोमनले गोल गरेपछि उत्कृष्ट पुनरागमन गर्दै महावीरले २–१ को रोमाञ्चक जित हात पार्यो ।
जितसँगै महावीरले तीन अंक जोड्दा साँगाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आज हुने दोस्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र खालबारी युथ फुटबल क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् ।
त्यस्तै, आजै बेलुकी तेश्रो खेलमा अपराह्न ४ बजे पुलचौक स्पोर्ट्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली