२०७९ अषाढ २०, सोमबार
फुटबल– एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले आज श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । एु डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ५ बजे ब्लु स्टारसँग खेल्ने छ ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो ।
मछिन्द्र आफ्नो पहिलो सहभागितामै घरेलु मैदानमा हुने यो खेलबाट समूह चरणसम्म पुग्न चाहन्छ । तर यो अन्तराष्ट्रिय खेलमा मछिन्द्रलाई दबाब नै रहेको छ ।
श्रीलंकन क्लब ब्लु स्टार श्रीलंका लिगको च्याम्पियन रहेको छ ।
यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।
मछिन्द्रले यस खेलको टिकट दर १ हजार र ५ सय राखेको छ । भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर राखिएको छ ।
खेल अघि सबिन राईको कन्सर्ट हुनेछ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली