२०७९ अषाढ २०, सोमबार
क्रिकेट– त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको छ । सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।
त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । मलेसियाका भीरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे ।
कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । कुशल भुर्तेलले आआफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा पहिलो बलको पहिलो विकेट लिन सफल भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनायो ।
दीपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठूलो स्कोर बनाएको थियो । दीपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।
टी–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पुरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो । यस्तै दीपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानबाट फाइनल पुगेको छ । अब नेपालले फाइनल खेल पपुवा न्यूगिनी (पीएनजी) सँग सोमबार खेल्दैछ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली