२०७९ अषाढ २०, सोमबार
काठमाडौं–त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले अन्तिम खेलबाट आफ्नो पहिलो जित पाएको छ । आफ्नो अन्तिम खेलमा मलेसियाविरुद्ध पीएनजीले ८ विकेटको फराकिलो जित निकालेको हो ।
१ सय ९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पीएनजीको जितमा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले ।
टोनी उराले ३४ बलमा १० छक्का र २ चौकाको मद्दतमा अविजित सर्वाधिक ८६ रन बनाए । यस्तै कप्तान असद भालाले अविजित ७४ रनको इनिङ खेले । उनले ५१ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
यस्तै पीएनजीका ओपनर लेगा सिएका गोल्डेन डक हुँदा चार्ल्स अमिनीले २२ बलमा ५ चौका प्रहर गर्दै २८ रनको योगदान गरे ।
मलेसियाका बलर पीएनजीका ब्याटरसामु निरिह रहे । मुहमद वाफिक र सेज्रुल इद्रुसले १र१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो ।
मलेसियाका सेइद अजिजले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए । यस्तै कप्तान अहमद फाजीले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए ।
जुबईदी जुल्किल्फेले ४६ रन, भिरनदीप सिंहले १० रन जोड्दा मुहमद अमिर ८ रनमा आउट भए ।
पीएनजीका काबुअ मोरेअले ४ विकेट हात पारे । यस्तै चाड सोपर र रिले हेकुरेले समान १र१ विकेट लिए ।
जितसँगै पीएनजीले सिरिजको फाइनल सम्भावना कायम राखेको छ । यसअघि पीएनजी नेपालसँग २ खेलमा र मलेसियासँग १ खेलमा पराजित भएको थियो । मलेसियाले समेत ३ खेलमा १ जित हात पारेको छ ।
नेपाल ३ खेलमा ३ जित निकाल्दै १ खेल अगावै फाइनल पुगिसकेको छ । शनिबार नेपाल र मलेसियाविरुद्ध लिगको अन्तिम खेल हुनेछ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली