२०७९ अषाढ २०, सोमबार
काठमाडौँ– त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय श्रृङ्खलामा पपुवा न्युगिनी (पीएनजी)ले लगातार दोस्रो हार ब्यहोरेको छ । श्रृङ्खलाको दोस्रो खेलमा मलेसियासँग रनले पराजित हुँदा पीएनजी दुइपटक पराजित भएको हो । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।
मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो ।
पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै नोर्मान भानुवाले ४५ रन बनाए ।
सिमोन अटाइले १५ रन जोड्दा असाद भाला ११ रनमा आउट भए ।
मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले ३-३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
मलेसियाका लागि कप्तान अहमद फाईज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले ।
विरन्दिपले अविजित रहदै ५९ रन जोड्दा अहमद ५६ रनमा आउट भए ।
यस्तै साएद अजिज ४७ रनमा आउट भए । पीएनजीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए ।
श्रृङ्खलामा भोलि नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली