२०७९ अषाढ २०, सोमबार
काठमाडौं– अब फेसबुक र इन्स्टाग्रामको ‘रिल्स’ मा बज्ने नेपाली गीतका कलाकारले रोयल्टी पाउने भएका छन् । संगीत रोयल्टी संकलन समाज नेपालले हालै मेटासँग ‘म्युजिक लाइसेन्सिङ एन्ड पब्लिसिङ’ सम्झौता गरेको छ ।
बिहीवार भएको यो सम्झौता अनुसार फेसुबक र इन्स्टाग्रामको रिल्समा बज्ने नेपाली गीतले रोयल्टी पाउनेछन् । हाललाई केही सीमित नेपाली प्रयोगकर्ताले मात्र रिल्सको बेटा भर्सन प्रयोग गरिरहेका छन् ।
केही समयपछि सबै प्रयोगकर्ताका लागि फेसबुक र इन्स्टाग्राममा यो फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसपश्चात सो फिचरमा बज्ने नेपाली गीत(संगीतले रोयल्टी प्राप्त गर्ने संगीत रोयल्टी संकलन समाजका प्रमुख प्राविधिक अधिकृत मंगेश दत्तले बताए ।रोयल्टी पाउन भने गीतका सर्जक संगीत रोयल्टी संकलन समाजमा दर्ता हुनुपर्ने प्रावधान राखिएको छ ।
‘अहिले पनि धेरै नेपाली गीतहरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा बजिरहेका छन् । तर गीतका सर्जकले भने गीत बजेवापत पाउनुपर्ने रोयल्टी पाएका छैनन् । यसकै लागि हामीले मेटासँग रिल्समा बज्ने नेपाली गीतको रोयल्टीका लागि सम्झौता गरेका हौं,’ दत्तले टेकपानासँग भने ।
‘यो निकै ठूलो बजार हो,’ दत्तले भने, ‘रोयल्टीतर्फ मात्र लाग्यौं भने पनि संगीतको अर्को बजार खोज्नुपर्दैन ।’
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली