२०७९ अषाढ २०, सोमबार
काठमाडौं । रियलमीले मोबाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी १५० अल्ट्राडार्ट चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले रियलमी स्मार्टफोन सिरिज जीटी टुसँगै यो नयाँ चार्जर प्रस्तुत गरेको हो ।
१५० वाटको चार्जरबाट पाँच मिनेटमा मोबाइलको ब्याट्री ५० प्रतिशत चार्ज हुने यो चार्जरमा तीन ओटा प्रविधिको प्रयोग गरिएको छ ।जसमा मल्टी बुस्ट चार्जिङ पम्प, टेम्प्रेचर म्यानेजमेन्ट एल्गोरिदम र नयाँ लिथियम ब्याट्री रहेका छन् ।
यो चार्जरले ब्याट्रीको तापक्रम ४३ डिग्रीभन्दा कम राख्दै पाँच मिनेटमा ५० प्रतिशत चार्ज गर्नेछ । रियलमीले आफ्नो यो चार्जिङ प्रविधिको डेमो समेत मोबाइल वर्ल्ड कंग्रेस २०२२ मा देखाएको छ ।
रियलमीको यो अल्ट्राडार्ट चार्जिङ प्रविधि १०० देखि २०० वाट चार्जिङ पावर सपोर्ट गर्ने विश्वकै पहिलो प्रविधि हो ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली