२०७९ अषाढ २०, सोमबार
मुक्तक
१
दायाँबायाँ केही सोच्दैनसोची धोका खानै पर्छ
मान्छे बन्न भएपनि त भोलि धोका खानै पर्छ
यस्तो भयानक सजाय हो, यो प्रेम भन्ने चिज
जिन्दगी बुझ्न एक न एक चोटी धोका खानै पर्छ
२
उस्को पनि सोच रैछ घटिया दिन तयार भयो
मलाई लाग्यो यस्तै हो दुनियाँ दिन तयार भयो
नाङ्गो शरीर ढाक्न भिग माग्दा कुल्चिएर गयो
लुगा खोल्दा हजारौ रुपियाँ दिन तयार भयो
३
सबैको कहाँ बन्न सकिन्छ प्यारो रिसाउने गर्छ
पलपलमा आउँछ दुख अप्ठ्यारो रिसाउने गर्छ
धेरै मुस्किल रहेछ सबैलाई हरदम खुसी राख्नलाई
यहाँ दियो बाल्दा पनि त अँध्यारो रिसाउने गर्छ
४
महिनौ पिच्छे बाहिरि रहने यस्तो आदत पर्यो
कस्ले बुझ्छ पीडा कस्लाई भनौ आपत पर्यो
अब केहि दिन देवि माता रिसाउछिन् हाेला
माफ गर्नुहोस फेरि पनि छाउगोठमा रगत पर्यो
चन्द्रा चाँदनी
कालिकोट
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली