२०७९ अषाढ २०, सोमबार
सल्यानको बनगाड कुपिन्डेमा जन्मिनुभएका गजलकार लोकेश जलन पछिल्लो समय नेपाली गजल क्षेत्रमा पृथक शैलीबाट गज्जबका शेर लेख्ने गजलकारका रुपमा चिनिनुहुन्छ । आफ्नो वास्तविक यथार्थ भोगाइ र कल्पनालाई गजलका शेरहरुमा सजिलैसँग चित्रण गर्न सक्ने गजलकार नेपाली गजलमा निरन्तर साधना गरिरहनु भएको छ । बिम्बमा गजल लेख्न सिपालु गजलकार जलनको गजल पढेर प्रतिक्रिया दिनुहोला ।
गजल
के निहुँ पाउ भन्नेलाई झन निहुँ पाउने बाटो हुन्छ !
ऊ भुब्रो हो हात नहाल छोरा भुब्रोमा आगो हुन्छ !
जिब्रो काट्दैमा नसोच्नुस बिचारको लडाइँ जिते ।
फाली भाँच्चे पनि महोदय हलोसग हतासो हुन्छ !
लेख्न त परिक्षामा मेचिकाली हाम्रो हुन् लेखियो ।
सायद उत्तरपुस्तिका नजाच्दै देश अर्काको हुन्छ !
थोरै महँगो हो आमा लैजानोस यहीँ सेतो पटुकी ।
बाँच्दा भोको पेटलाइ डोरी हुन्छ मर्दा कात्रो हुन्छ !
उनिले प्रेमको हत्या गरिन् मैले आफ्नो हत्या गरे ।
उनलाइ पनि थाहा थियो एक्लै बाच्न गाह्रो हुन्छ !
लोकेश जलन
सल्यान
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली