२०७९ श्रावण २४, मंगलबार
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिरोबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र वडा नं ८ का ४२ वर्षीय खुमबहादुर थापाको परिवारलाई राहत वितरण गरिएको हो ।
दुवै पीडित परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घ सरकारका तर्फबाट जनही रु दुई लाख र प्रदेश सरकारका तर्फबाट जनही रु ५० हजारका दरले राहत रकम प्रदान गरेका छन् । सोक्रममा मुख्यमन्त्री पोखरेलले सरकार जनताको अभिभावक भएकाले पीडामा मलम लगाउन राहत रकम प्रदान गरिएको बताए ।
उनले गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिराले सडकमा पुर्याएको क्षतिको समेत अवलोकन गरेका छन् । बाढीपहिराले भत्किएका सडक मर्मतका लागि प्रदेश सरकारले तत्काल रु २५ लाख उपलब्ध गराएको थियो । बाढीपहिराले सो गाउँपालिकाका थुप्रै घरमा क्षति पुगेको छ ।
घर क्षति भएकालाई पुनःस्थापनाका लागि प्रतिघर रु चार लाख उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली