२०७९ अषाढ २०, सोमबार
तिमी ठूलो र म सानो भन्ने पनि जात हुन्छ र?
तिम्रा लागि छुट्टै अनि मेरा अलग रात हुन्छ र?
जब सृष्टिकर्ताले कुनै जाती छुट्याएनन भने
तिमी छुत र म अछुत भन्ने पनि बात हुन्छ र?
मैले खोपेर बनाको भगवान पुज्छौ भने तिमी
फेरि त्यही भगवान खोप्ने अछुत हात हुन्छ र?
तिमी मसंगै गाँसिएर एउटै बोटमा बसेका छौ
एउटै हागाँमा रहेको बेग्ला बेग्लै पात हुन्छ र?
कुन नश्लवादको कुरा गर्छौ र मित्र अझैसम्म
माया गरी चोट दिदैँ नीच देखाउने साथ हुन्छ र?
✍️✍️राजेश स्पन्दन, भक्तपुर
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली